सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन

  शुक्रबार १९, माघ २०८० २१:१६

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन भएको छ । पुरानो लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले  लोगो संशोधन गरिएको हो । 

लोगो संशोधन समितिले तयार पारेको प्रतिवेदन बमोजिमको नयाँ लोगो प्रदेश सभाका लागि कायम गरिएको छ । आज बसेको प्रदेश सभा बैठकले समितिको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ । 

प्रतिवेदन पारित भएकाले सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगो निर्धारण भएको घोषणा गरे । साथै, लोगो संशोधनसम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि अन्य कार्य अगाडि बढाउन उनले प्रदेश सभा सचिवालयलाई निर्देशन दिए ।  

समितिको प्रतिवेदनमाथि आजै सदनमा छलफल गरिएको छ । प्रतिवेदनमाथिको छलफलमा प्रदेशसभा सदस्य मानबहादुर रावल, शिवसिंह ओली, चक्रबहादुर मल्ल र टीका थापाले भाग लिए । समितिका संयोजक पदमबहादुर शाहीले प्रदेश सभाबाट प्रतिवेदन पारितका लागि प्रस्ताव पेश गरेका थिए ।

clock शुक्रबार १९, माघ २०८० २१:१६

प्रतिक्रिया