नक्कली टिकट प्रकरण : मेयर भट्टका स्वकीय सचिव साउँदलाई निलम्बन

  शुक्रबार १९, माघ २०८० २०:५७

धनगढी । सुदूरपश्चिम प्रादेशिक महोत्सव, अत्तरियाको नक्कली टिकट प्रकरणमा जोडिएपछि कैललाीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टका स्वकीय सचिव दिपिनकुमार साउँदलाई पदबाट निलम्बन गरिएको छ। 

अत्तरियामा लागेको महोत्सवमा नक्कली टिकट हिनामिनाको आरोप लागेपछि उनलाई पदबाट निलम्बन गरिएको हो।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका साउँद महोत्सवको नक्कली टिकटको छानबिनका लागि अहिले जिल्ला प्रहरीमा छन। छानबिनमा समस्या नहोस भनेर तत्कालका लागि उनलाई निलम्बन गरिएको हो। 

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा छन्। 

पुस २६ गतेदेखि सुरु भएको महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरि आर्थिक अनियमितता गरेको भन्दै संघले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीमा महासचिव शंकर बोहरासहितका ६ जनाका विरुद्ध उजुरी गरिएको थियो।

clock शुक्रबार १९, माघ २०८० २०:५७

प्रतिक्रिया