सिंहदरबारमा ओली-प्रचण्डबीच भेटवार्ता

  शुक्रबार १९, माघ २०८० १०:१५

काठमाडौा । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो । संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।

यही २२ माघदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठकमा दुई नेताबीच सदन सञ्चालन तथा कानुन निर्माणका साथसाथै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।

clock शुक्रबार १९, माघ २०८० १०:१५

प्रतिक्रिया