कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधान गर्न आयोग गठन

  बिहिबार १८, माघ २०८० १४:०४

काठमाडौं । सरकारले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधान गर्न आयोग गठन गरेको छ।

आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आरक्ष पीडितको व्यवस्थापन स्थायी समाधान गर्न उच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र सुवेदीको अध्यक्षतामा आयोग गठन गरेको हो।

आरक्ष पीडितका समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने सरकारले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरक्ष पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।

कञ्चनपुरका जनप्रतिनिधि र आरक्ष पीडितहरूले पटक(पटक सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए।

clock बिहिबार १८, माघ २०८० १४:०४

प्रतिक्रिया