कञ्चनपुरका जिसस प्रमुखविरुद्ध अख्तियारमा उजुरी, कारण यस्तो

  मङ्गलबार १६, माघ २०८० १४:४६

कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। कार्यालयमा रहेका तल्लो तहका कर्मचारीहरुलाई निजी काममा प्रयोग गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो।

उनले कार्यालय सहयोगी र चालकहरुलाई घरायसी काम र व्यवसायीक काममा प्रयोग गरेको अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको कार्यालय टङ्गालमा परेको उजुरीमा उल्लेख छ।

उजुरीको पत्रमा चालक देव महतालाई निजी कामका लागि भारत पठाउने गरेको र सरकारी सवारी साधनको नम्बर प्लेटसमेत परिर्वतन गर्ने गरेको उल्लेख छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले पुस ४ गते प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गर्दै आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। अख्तियारको पत्रलाई प्रशासनले जिल्ला समन्वय समिति कञ्चनपुरलाई प्रतिकृया पठाउन समेत निर्देशन दिएको छ।

तर, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आफुले कुनैपनि कर्मचारीहरुलाई निजी काममा नलगाएको बताएका छन् । उनले झुटा आरोपसहित मुद्दा दायर गरेको बताए।

clock मङ्गलबार १६, माघ २०८० १४:४६

प्रतिक्रिया