एमाले कैलालीको अधिवेशन फागुन ६ र ७ गते सुखडमा हुने, अध्यक्ष ओलीले उद्घाटन गर्ने

  मङ्गलबार १६, माघ २०८० ०६:३५

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलालीको ९ औं जिल्ला अधिवेशन कैलालीको मध्यवर्ती क्षेत्र सुखडमा फागुन ६ र ७ गते हुने भएको छ ।

एमाले कैलालीको १२ औं पूर्ण बैठकले अधिवेशनको स्थान सुखड तोकेको एमाले कैलाली जिल्ला सचिव डेजी पाण्डेले बताए ।

सचिव पाण्डेका अनुसार पार्टी अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले अधिवेशनको उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ अधिवेशनमा झण्डै छ सय प्रतिनिधीहरुले भाग लिने छन् ।

clock मङ्गलबार १६, माघ २०८० ०६:३५

प्रतिक्रिया