खेलकुद क्षेत्रको विकासका लागि सरकारले लगानी गर्नुपर्छ – सांसद तामाङ

  सोमबार १५, माघ २०८० २०:५६

कञ्चनपुर । कञ्चनपुरका प्रतिनिधिसभा सदस्य तारालामा तामाङले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

सोमबार लालझाडी गाउँपालिका–५ देखतभुलीमा आयोजना गरिएको छैटौँ आईसीवाईसी वडाध्यक्ष कप फुटबल प्रतियोगिताको समापन गर्दै सांसद तामाङले सरकारले खेल क्षेत्रको विकासका लागि लगानी बढाउनुपर्ने बताएका हुन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा एकपछि अर्को खेलाडी उत्पादन भइरहेको भन्दै खुसी समेत व्यक्त गरेका छन् ।

खेल क्षेत्रको विकास र खेलाडीको वृद्धि, विकासका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट समेत लगानी बढाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता समेत तामाङले जनाएका छन् । 

तामाङ समापन समारोहका प्रमुख अतिथि समेत रहेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले खेल क्षेत्रको विकासका लागि पालिकाले लगानी बढाउने बताएका छन् । 

स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताले खेलाडी उत्पादन तथा उनीहरूको व्यक्तित्व विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

clock सोमबार १५, माघ २०८० २०:५६

प्रतिक्रिया