प्रणय दिवस मनाउन समीक्षा अधिकारी फागुन २ गते धनगढीमा आउँदै

  शनिबार १३, माघ २०८० ०७:३५

धनगढी । कैलालीको धनगढीमा फाल्गुन २ गते प्रणय दिवस विशेष कार्यक्रमका साथ मनाइने  भएको छ । प्याट टिम क्लेक्सनको आयोजनामा धनगढीको फ्लाटल्याण्ड फुटसलमा कार्यक्रममा हुने भएको हो । 

कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी, उमेश मुस्कानसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। 

कार्यक्रममा प्रवेश गर्न ३०० र ५०० टिकट लाग्ने छ । आयोजकका अनुसार ३०० मा एक जना प्रवेश गर्न पाउने छन् भने ५०० मा जोडी प्रवेश गर्न गर्न पाउने छन् । 

कार्यक्रम फागुन २ गते बेलुका ४ सुरु हुने र कार्यक्रमबाट फाइदा रकम बाट २० प्रतिशत रकम पशु संरक्षणको लागि खर्च गरिने समेत आयोजकले जनाएको छ

clock शनिबार १३, माघ २०८० ०७:३५

प्रतिक्रिया