सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर गर्ने तयारी गर्दै माओवादी केन्द्र

  शुक्रबार १२, माघ २०८० १५:०४

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले माओवादीबाट नेतृत्व गरेका मन्त्रीहरु फेर्ने तयारी गरेको छ ।

आज दलको पहिलो बैठक बसेर मन्त्री फेर्ने वा नफेर्नेबारे छलफलपछि टुङ्गो लगाउने तयारी गरेको जनाएको हो ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले भने –‘हामी छलफल गर्छौ । सरकारको समिक्षा गरेर मन्त्री फेर्नेबारे निर्णय लिन्छौं ।’ 

दलको नेता रहेका खगराज भट्टमाथि असन्तुष्ट रहेका माओवादीका प्रदेश सभा सदस्यहरु मन्त्रीहरुमाथि पनि असन्तुष्ट छन् ।

असन्तुष्टिकै कारण आज बसेको पहिलो बैठकले दलको नेतामा माओवादी केन्द्रका प्रदेश सभा सदस्य मानबहादुर धामीलाई बनाएको छ ।

शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकको बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट भट्टलाई हटाउने निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा माओवादीबाट अहिले २ मन्त्री र १ राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ।

clock शुक्रबार १२, माघ २०८० १५:०४

प्रतिक्रिया