सुदूरपश्चिममा माओवादीको दलको नेताबाट भट्ट आउट, धामीको इन्ट्री

  शुक्रबार १२, माघ २०८० १३:१३

धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ।

आज (शुक्रवार) बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो।

बहुमत प्रदेश सभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको बुझिएको छ।

यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिए।

धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी सुदूरपश्चिमको पूर्व वनमन्त्री समेत हुन्। 

सुदूरपश्चिममा माओवादी केन्द्र पनि २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ।

clock शुक्रबार १२, माघ २०८० १३:१३

प्रतिक्रिया