बैतडीमा जाडोमा निःशुल्क कपडा बैङ्क

  शुक्रबार १२, माघ २०८० ०८:३२

बैतडी ।  ‘न्यानो लुगा नभएर जाडोले कठ्याङ्ग्रिनुपर्ने बाध्यता भए कपडा बैङ्क जानुहोस्’ भन्ने भनाइ यहाँ प्रचलित बनेको छ । माघ १ गते बैतडी सदरमुकाममा खुलेको कपडा बैङ्कबाट पाँच दिनको अवधिमा ३५ जना गरिब र अति विपन्नले निःशुल्क रूपमा न्यानो कपडा लिएका छन् । 

माया घर नेपाल र बैतडीका स्थानीय युवाको अगुवाइमा कपडा बैङ्क स्थापना भएपछि आमाबुवा नभएका सहाराविहीन बालबालिका, गरिब, विपन्न तथा एकल महिलालाई कम्बल, ज्याकेट, स्वेटर, टोपीलगायत न्यानो लुगा वितरण गरिएको छ । 

‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागिता जनाऔँ’ भन्ने नारासहित कपडा बैङ्क स्थापना भएको समाजसेवी युवा महेशदत्त भट्टले बताउनुभयो । जाडोले कठ्याङ्ग्रिएका मानिसले कपडा बैङ्कमा सम्पर्क गरेर निःशुल्क कपडा लैजान आह्वान गरिएको उहाँले बताउनुभयो ।  

कपडा बैङ््कलाई माया घर नेपाल, धनगढी कपडा बैङ्क, बैतडीका पूर्वप्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सशस्त्र प्रहरी बल नेपालका बैतडी प्रमुखलगायतका कर्मचारी र समाजसेवीले निःशुल्क रूपमा कपडा प्रदान गर्नुभएको छ ।   

clock शुक्रबार १२, माघ २०८० ०८:३२

प्रतिक्रिया