राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमका दुई जनाले गरेनन् मतदान
धनगढी । राष्ट्रिय सभा निर्वाचनको मतदानमा स्थानीय तहका दुई जना जनप्रतिनिधिले भाग लिएनन् ।
आज विहान ९ बजेदेखि शुरु भएको मतदानमा धनगढी नगर प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवाले मतदान नगरेको जनाइएको हो ।
मतदानको समय ३ बजेसम्म रहदा समेत नगर प्रमुख हमाल र उपप्रमुख तिरुवाले सहभागि नभएको जनाइएको छ । नगर प्रमुख हमाल स्वतन्त्रबाट निर्वाचित हुन भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित भएकी थिइन् ।
दुई सय २७ जना मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा प्रदेशका ५२ जना र स्थानीय तहका एक सय ७३ जनाले मतदान गरेका छन् ।
गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा कांग्रेसकै नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन् ।
एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।
प्रतिक्रिया