धनगढीका नगर प्रमुख हमालले राष्ट्रिय सभा सदस्यको मतदान नगर्ने

  बिहिबार ११, माघ २०८० १४:५५

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले राष्ट्रिय सभा सदस्यको मतदान नगर्ने भएका छन्। नगर प्रमुख हमालले बिहिवार जारी राष्ट्रिय सभा सदस्यको मतदानमा सहभागिता नजनाउने बताएका हुन्।

राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेश सभा सचिवालयको परिसरमा मतदान जारी रहेको छ। अहिलेसम्म स्थानीय तहका एक सय ७३ जनाले मतदान गरेका छन। 

दुई जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। प्रदेश सभाका भने ५२ जनाले नै मतदान गरेका छन्। प्रदेश सभामा ५३ जना सदस्य रहेकोमा एक जनाको मृत्यु भएको थियो।

स्थानीय तहमा १७५ जनामा १७३ जनाले मतदान गरेका छन्। सुदूरपश्चिमबाट राष्ट्रिय सभाको तीन सदस्यका लागि ६ जना चुनावी मैदानमा रहेका छन्।

clock बिहिबार ११, माघ २०८० १४:५५

प्रतिक्रिया