अछामका जनप्रतिनिधि भन्छन् : "प्रदेश सरकारले बयलपाटा अस्पताल लाई अन्याय गर्यो"

  बुधबार १०, माघ २०८० २१:११

धनगढी । सुदूरपश्चिमको एकमात्र बयलपाटा अस्पताल निरन्तर सञ्चालन ल्याउन बजेटको व्यवस्थापन गर्न अछामका जनप्रतिनिधिहरूले माग गरेका छन् । बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै बजेटको व्यवस्थापन नगरे दबाब कार्यक्रम गर्ने जनाएका हुन् ।

नौ महिनादेखि बजेट नहुदा बन्द अवस्थामा पुग्न लागेको बयलपाटा अस्पताल सञ्चालनमा समस्या भईरहेको प्रदेश सभा सदस्य मेखराज खडकाले बताए ।

तलबको शिर्षकमा दिन मिल्दैन भनेर कर्मचारीले अल्मलाएको उनको भनाई छ । वयलपाटामा अहिले गाइनो चिकित्सकले छोडेका छन् ।

वयलपाटा अस्पतालमा वार्षिक १ लाखले उपचार गर्छन् । अस्पतालका लागि हरेक वर्ष ७, ८ र ९ करोड सहयोग हुँदै आएको छ । तर, झपडबहादुर साउद मन्त्री भइसकेपछि अनुदाननै व्यवस्था छैन ।

उनले मन्त्रालयले अनुदानको व्यवस्था गर्नुपर्ने बताए। संघिय सांसद शेरबहादुर कुँवरले वयलपाटा अस्पताल संकट अवस्थामा रहेको बताए । यो अवस्था देखेर चिन्तित रहेको उनको भनाइ छ । उनले देशको नमुना अस्पताललाइ सरकारले प्राथमिकता दिनुपर्ने बताए।

अनुदान नौलो होइन तर, किन समावेश नगरिएको हो बुझ्न समस्या रहेको बताए । उनले अनुदानका लागि सडकमै पुगेर दबाब दिनुपर्ने भए तयार हुने बताए। उनले क्याविनेटले नीतिगत कुरा निर्णय गर्न सक्ने बताए। हामीले बाटो, सडक, खानेपानि बनाउन बजेट मागेको होइन निशूल्क उपचार मागेका हौ उनको भनाइ छ । उनले सबै जनप्रतिनिधि एक ठाउमा रहेको बताए।

साफेबगर नगर प्रमुख राजेन्द्र कुँवर मन्त्रालयले बजेट सुनिश्चतता गर्नुपर्ने बताए । उनले साफेबगरमा रहेको बयलपाटालाइ देखाएर १५ सैय्या अस्पताल बनाउन संघिय सरकारले चासो नदिएको बताए । हुन्छ भनेरमात्र हुँदैन तुरून्त गर्नुपर्यो उनको भनाई छ । 

वयलपाटा अस्पताल सञ्चालनमा वार्षिक २२ करोड लगानी लाग्छ । त्यसमा १३ करोड न्याय हेल्थ नेपाल र साफेबगरले १ करोड विनियोजन गर्दै छ ।  उनले वयलपाटामा उपचार लग्ने अन्य पालिकाले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

clock बुधबार १०, माघ २०८० २१:११

प्रतिक्रिया