राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा पनि तयारी पूरा

  बुधबार १०, माघ २०८० २०:४८

धनगढी । सुदूरपश्चिमसहित देशभरी भोलि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सचिवालयमा भोली हुन लागेको मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

मतदानका लागि प्रदेश सभाको खुल्ला प्राङ्गणमा एक मतदान केन्द्र बनाइएको छ । एक मतदान केन्द्रमा दुई वटा मतदान स्थल रहेका छन । निर्वाचनमा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधीहरुले मतदान गर्ने निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।

प्रदेशमा भोली विहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समयावधि तोकिएको छ । सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि हुन लागेको निर्वाचनमा प्रदेशमा छ जनाको उम्मेदवारी रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने छ । पाँच दलको गठबन्धनबाट सत्ता गठबन्धन दलतर्फ नेपाली काँग्रेसका उम्मेद्वार बलदेव बोहरा र नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराए ।

 कञ्चनपुरका पूर्व जिल्ला सभापति बोहराले अन्यमा र अल्पसङ्ख्यकरअपाङ्गमा कैलाली जिल्ला सभापति भट्टले मनोनयन दर्ता गराएका छन् ।  महिलातर्फमा नेकपा माओवादीकी चन्दले यसअघि उम्मेदवारी दर्ता गराएकी थिईन ।

नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गतारअल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशी उम्मेद्वार दिएका छन ।

स्थानीय तहको निर्वाचन हुँदा प्रदेशमा अंकगणितका हिसाबमा गठबन्धन दल बलियो रहेको छ ।  स्थानीय तहका एक मतदाताको मतभार १८ छ ।

यस्तै प्रदेशसभाका एक मतदाताको मतभार ४८ कायम गरिएको छ ।  गठबन्धनसँग रहेको मत कुल मतको उच्च बहुमत छ । त्यसैले गठबन्धनका उम्मेदवारहरुले जित्ने निश्चितप्रायः छ ।

clock बुधबार १०, माघ २०८० २०:४८

प्रतिक्रिया