धनगढीमा रहेको पञ्चोदय माविको वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

  बुधबार १०, माघ २०८० २०:४२

धनगढी । धनगढीको हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालयले ५८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो। सुदूरपश्चिमको मुटु धनगढीको हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमका बीच आफ्नो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बम सभापति रहेको कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. हेमराज पन्त प्रमुख अतिथि रहेका थिए। शिक्षक अभिभावक सङ्घकी शिक्षिका सावित्री जोशीले वार्षिक उत्सवमा उपस्थित हुने सबैलाई आफ्नो स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिइन्। 

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बमले विद्यालयले राम्रो राम्रो गुणस्तर प्राप्त गर्दै गइरहेको र अभिभावकको साथ सहयोग समेत आफूले पाइराखेको र अझै पाउने समेत आशा व्याक्त गरेका छन्। उनले भने सकेसम्म राम्रै काम गरेको र कुनै काममा केही असन्तुष्टि वा केही संकोच भएमा विद्यालय व्यवस्थापन समिति सँग बसेर समस्याको समाधान गर्न सकिने उनले बताए। 

उनले भने विद्यालय व्यवस्थापन समिति र स्कुल प्रशासनप्रति कुनै गुनासो भए कुनै सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा प्रस्तुत गर्नुभन्दा विद्यालय व्यवस्थापन समिति र प्रशासन समितिसँग बसेर कुराको छलफल गर्न समेत आग्रह गरेका हुन्।

clock बुधबार १०, माघ २०८० २०:४२

प्रतिक्रिया