कैलाली मोडेलमा निःशुल्क तेकवान्दो प्रशिक्षण हुँदै

  बुधबार १०, माघ २०८० ०७:३२

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका ४ स्थित कैलाली मोडेल माध्यमिक विद्यालयमा निःशुल्क तेकवान्दो प्रशिक्षण सुरु भएको छ । 

केही समय अघि देखी सुरु भएको निःशुल्क तेकवान्दो प्रशिक्षण अहिले विद्यार्थीहरूको रोजाइ बढ्न थालेको छ । अहिले ७० जनाको हाराहारीमा कक्षा ३ देखी ९ सम्मका विद्यार्थीहरूले प्रशिक्षण लिइरहेका छन् ।  यहाँ साँझ ५ बजे देखी ६ बजे सम्म प्रशिक्षण भइरहेको छ । 

यसै बिच तेकवान्दो खेलका संस्थापक गोविन्द विष्ट र तेकवान्दो राष्ट्रिय खेलाडी दीपेन्द्र सिजापतिले डोजाङको निरीक्षण गरेका छन् । 

विद्यालयका प्रधानाध्यापक तपेन्द्र बहादुर सिंहले अहिलेको समयमा शिक्षासँगै खेलकुद पनि आवश्यक रहेको बताए । त्यसमा पनि तेकवान्दो निकै राम्रो भएको हुँदा विद्यालयले पूर्ण रूपमा तेकवान्दो कक्षा निःशुल्क गरेको बताए । प्रशिक्षाको जिम्मेवारीमा फोर डन पृथ्वीराज घिमिरेलाई दिइएको उनले बताए ।

clock बुधबार १०, माघ २०८० ०७:३२

प्रतिक्रिया