कांग्रेस सुदूरपश्चिमद्वारा २ आमन्त्रित सदस्य, ११ विभाग प्रमुखसहित १७४ सदस्य मनोनयन (सूची)

  मङ्गलबार ०९, माघ २०८० १०:०९

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले दुई आमन्त्रित सदस्य मनोनयन गरेको छ भने ११ जना प्रदेश कार्यसमिति सदस्यलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको छ। 

साथै १७४ जना विभागीय सदस्य मनोनयन गरिएको कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ। 

नेपाली कांग्रेसको विधान २०१७ संशोधित २०७८ बमोजिम कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पुनर्वास नगरपालिका–७ कञ्चनपुरका कृष्णबहादुर तामाङ र धनगढी उपमहानगरपालिका–३ कैलालीका कालीप्रसाद पडाललाई  आमन्त्रित सदस्यमा मनोनयन गरेका हुन्।

यस्तै उनले कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्यमध्येबाट  ११ जनालाई विभिन्न विभागमा प्रमुखको जिम्मेवारी दिएका छन्।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका प्रवक्तासमेत रहेका प्रदेश सदस्य सुरतबहादुर रावत (डोटेली कान्छा) का अनुसार नेपाली कांग्रेसको विधानको धारा १३ उपधारा (१) बमोजिम १७४ जनालाई विभागीय सदस्यमा मनोनयन पनि गरिएको छ। 

 

 

clock मङ्गलबार ०९, माघ २०८० १०:०९

प्रतिक्रिया