धनगढी उपमहानगरपालिकाका कार्यक्रम बहिस्कार गर्दै गठबन्धनका दलका जनप्रतिनिधिहरू

  मङ्गलबार ०९, माघ २०८० ०८:४८

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा गठबन्धन तर्फका जनप्रतिनिधिहरूले कार्यक्रम बहिस्कार गर्न थालेका छन् । नगर प्रमुख हमाल सहभागी कुनै पनि कार्यक्रममा सहभागी नहुने रणनीति बनाएका गठबन्धनका जनप्रतिनिधिहरूले अहिले सबै कार्यक्रम बहिस्कार गर्न थालेका हुन्।

काँग्रेस र माओवादीबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरू करिब एक महिना देखि उपमहानगरपालिकाले आयोजना गरेका कार्यक्रममा सहभागी भएका छैनन् । ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८०’ नगर सभाबाट पारित भएदेखि रुष्ट भएका गठबन्धन दलबाट विजयी जनप्रतिनिधिहरूले  कार्यक्रम बहिस्कार गर्दै आएका छन् । 

धनगढीको फूलबारीमा नेपाल प्रहरी, श्रीमती सङ्घले सञ्चालन गरेको आसरा सुधार केन्द्रको उद्घाटन कार्यक्रमदेखि उनीहरूले कार्यक्रमहरूलाई बहिस्कार गर्न सुरु गरेका हुन्। 

त्यसपछि वडा न. १६ मा भएको क्यान्सर स्क्यानिन शिविर, फुलवारीमा रहेको ओलकापुरी भोकेशनल स्कुलको पहिलो व्याजका विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम, प्रमुख प्रशासकीय अधिकृतको बिदाइ  तथा सम्मान कार्यक्रम र राष्ट्रपति नरिङ शिल्ड प्रतियोगिताको समापन उनीहरूले बहिस्कार गरेका हुन । 

उपमहानगरपालिकाले आयोजना गरेका कार्यक्रम बहिस्कार गरेर गठबन्धनका दलहरूबाट विजयी जनप्रतिनिधिहरूले काम गर्ने वातावरण नदिएको आरोप लाग्न थालेको छ । 

clock मङ्गलबार ०९, माघ २०८० ०८:४८

प्रतिक्रिया