बैतडीमा जंगली बँदेलको अक्रमणबाट दुई  जना घाइते

  सोमबार ०८, माघ २०८० १०:५०

बैतडी । बैतडीमा जंगली बँदेलको अक्रमणबाट दुई  जना घाइते  भएका छन्। जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका ३२ वर्षीय ओम प्रकाश जोशी  र सोही वडा घाङल बस्ने मने दयालकी ९ वर्षीया छोरी करिस्मा दयाल बँदेलकाको अक्रमणबाट घाइते भएका हुन्।

आइतबार दिउँसो घरमै बसिरहेका जोशीमाथि बँदेलले आक्रमण गरी घाइते बनाएको हो, भने बालिकालाई पनि आइतबार करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको हो।

बालिकाको टाउकोमा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भिर चोट छ। घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ।  

पछिल्लो समय बँदेल आक्रमणका कारण जिल्लामा त्रासको वातावरण छ।

clock सोमबार ०८, माघ २०८० १०:५०

प्रतिक्रिया