सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि शुरु

  शुक्रबार ०५, माघ २०८० १६:५४

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले हिउँदे अधिवेशन आह्वान गरेपछि शुरु भएको हो ।

हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बसेको थियो । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रदेशसभा सदस्यहरुले शुभकामना आदानप्रदान गरेका थिए । 

पहिलो र दोस्रो अधिवेशनमा प्रदेशसभालाई विजनेश दिन नसकेको सुदूरपश्चिम प्रदेश सरकारले हिउँदे अधिवेशनको पहिलो बैठकमा समेत कुनै विद्येयक सभामा दर्ता गरेको छैन ।
 
प्रदेशसभा सचिवालयले सरकारले कुनै विद्येयक दर्ता नगरेका कारण पहिलो बैठकमा शुभकामना आदानप्रदान मात्रै भएको जनाएको छ । शुभकामना आदानप्रदानपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाको बैठक माघ ९ गते बस्नेगरि स्थगित गरेका छन् ।

clock शुक्रबार ०५, माघ २०८० १६:५४

प्रतिक्रिया