शिक्षा, स्वास्थ्य र खेलकुदको विकास नभएसम्म सभ्य समाज र देशको विकास हुँदैन - उपप्रमुख राना

  बिहिबार ०४, माघ २०८० १४:०६

धनगढी । शिक्षा, स्वास्थ्य र खेलकुदको विकास नभएसम्म सभ्य समाज र देशको विकासको परिकल्पनासम्म पनि गर्न नसकिने धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले बताएकी छिन् ।

धनगढी उप-महानगरपालिका स्तरीय राष्ट्रपति नरिङ शिल्ड प्रतियोगिताको समुद्घाटन समारोहमा बोल्दै उनले स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य रहेको बताएकी हुन। 

खेलकुदले शारीरिकका साथसाथै मानसिक, संवेगात्मक र सामाजिक विकासमा समेत सहयोग गर्ने बताइन । उनले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले विद्यालयमा अध्ययनरत बालबालिकाहरूको शारीरिक विकास र अन्तर्निहित प्रतिभाको प्रस्फुटनमा सहयोग गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत अग्रणी स्थान हासिल गरी आफ्नो र देशको पहिचान गराउनमा मद्दत गर्ने बताइन । 

अनुशासनको पाठ सिकाउने पाठशालाको रूपमा पनि खेलकुद रहेको बताउँदै उनले  खेलाडीहरूलाई टीमवर्क, नेतृत्व, जबाफदेहिता, धैर्यता र आत्म विश्वास जस्तापक्षहरुको ज्ञान प्राप्त हुने बताइन् ।

 

 

clock बिहिबार ०४, माघ २०८० १४:०६

प्रतिक्रिया