गाेदावरीकाे प्रशासनीक भवन फेरी उद्घाटन गर्न खाेजेपछि तनाव

  बिहिबार ०४, माघ २०८० १०:१४

धनगढी । कैलालीको गाेदावरी नगरपालिकाकाे प्रशासनीक भवन दोस्रो पटक उद्घाटन गर्ने तयारी गरिएपछि तनाव सिर्जना भएकाे छ ।

एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनकाे उद्घाटन गरेकाे भवनकाे कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएकाे हाे ।

प्रशासनीक भवन पुन: उद्घाटन गर्ने काम अलाेकतान्त्रिक भएकाे भन्दै विराेधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेकाे छ ।

एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनकाे उद्घाटन गर्न नदिने अडान लिदै विराेध जनाउँदै नगरपालिका कार्यालय घेराउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्ताेश बस्यालले भवन उद्घाटनकाे विषयलाई लिएर विवाद सिर्जना भएकाे बताए ।

उनकाअनुसार नेकपा एमाले निकट नेता,कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन् भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन् ।

clock बिहिबार ०४, माघ २०८० १०:१४

प्रतिक्रिया