कैलाली र कञ्चनपुरका ४ पालिकाका विद्यालयमा २ दिन बिदा

  बुधबार ०३, माघ २०८० २०:४१

धनगढी । कैलाली र कञ्चनपुरका ४ पालिकाले विद्यालयमा २ दिन जाडो बिदा दिएका छन्।

कैलालीको गौरीगंगा, कञ्चनपुरका बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाटा नगरपालिकाले दुई दिन बिदा दिएका छन्। 

चिसोले नियमित पठन पाठन प्रभावित भएको भन्दै माघ ४ र ५ गते विद्यालयहरुमा जाडो विदा दिइएको हो।

जाडो विदा सम्बन्धी सूचनामा प्रतिकुलताका कारण अत्याधिक चिसो बढेकाले विद्यार्थीको स्वास्थ्यमा समस्या देखिदा हिउँदे विदाबाट कट्टीहुने गरी सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा जाडो विदा दिइएको पालिकाले सुचनामा उल्लेख गरेका छन्। 

विदाको समयमा विद्यालयको प्रशासनिक काम भने सुचारु रहने जनाइएको छ।

clock बुधबार ०३, माघ २०८० २०:४१

प्रतिक्रिया