ब्रहमदेबदेखि डडेल्धुरासम्मको परशुराम सडकको निरिक्षण

  मङ्गलबार ०२, माघ २०८० ०७:०४

धनगढी । नेपाली काँग्रेसका प्रतिनिधि सभामा प्रमुख सचेतक तथा राष्ट्रिय सभा निर्वाचन २०८० का लागि सत्तापक्ष गठबन्धन केन्द्रिय समन्वय समितीका सयोजक पुर्ब भौतिक पुर्बाधार मन्त्री रमेश लेखकसहित  सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यले ब्रहमदेबदेखि डडेल्धुरासम्मको परशुराम सडकको निरिक्षण गरेका छन् ।

सुदूरपश्चिमम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री  प्रकाश बहादुर देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिबराज भट्ट, सुदुरपश्चिम प्रदेश सभाका सदस्य तथा पुर्ब मन्त्री प्रकाश रावल, माननीय बेल बहादुर राना, ओम बिक्रम भाट, भिमदत्त नगरपालिकाका मेयर पदम बोगटी सहितको टोलिले महाकाली कोरिडोर सडक खण्डको कन्चनपुर ब्रहमदेब देखि डडेल्धुराको परशुराम नगरपालिका सम्मको ३२ किलोमिटर सडक खण्डको स्थलगत निरक्षण गरेका हुन् ।

May be an image of 4 people, jeep, car and road

उक्त टोलिले पछिल्लो समयमा कोरिडोरको निर्माण कार्यको प्रगती अवस्थाको बारेमा निर्माण ब्यवसायी र  आयोजना प्रमुख ईन्जिनियर लक्ष्मण जोशी सँग कुरा गरे । आयोजना प्रमुख ईन्जिनियर लक्ष्मण जोशले महाकाली कोरिडोर अन्तर्गत डडेल्धुरा सडक खण्ड अन्तर्गत साँदनी देखि कुडा सम्मको ५ कि मि सडक यसै आ बा मा  कालोपत्रे हुने र दार्चुल्ला खण्डमा ३२ कि।मि।को ठेक्का व्यवस्थापन भै निर्माण कार्य भै रहेको बताए ।  

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा  प्रतिनिधि सभामा प्रमुख सचेतक तथा पुर्ब भौतिक पुर्बाधार मन्त्री रमेश लेखकले दोदधरा चाँदनी देखि डडेलधुरा, बैतडी, दार्चुल्ला टिंकर हुँदै  चीन सँग जोडने त्रिदेशिय महाकाली कोरिडोर सडक निकै रणनीतिक महत्वको सडक भएको बताए ।  यो कोरोडिर निर्माण भएपछी सुदुरपश्चिम  प्रदेशको आर्थिक गतिबिधी, धार्मिक गतिविधि, बिकास, समृद्धि  र समुन्नतिको मार्गका रुपमा हुने बताए ।  यो कोरिडोरमा कचनपुरको शिध्द्नाथ, डडेल्धुराको पर्शुराम र बैतडीको मेलौली  भगवती लगायतका धार्मिकस्थलहरु यसै कोरिडोरमा पर्ने हुँदा  धार्मिक पर्यट्किय र प्रर्याबरणिय पर्यटनको बिकासका लागि पनि यो कोरिडोर  चाडोभन्दा चाडो निर्माण गर्नु आफुले सघिय सरकार र मन्त्रालय सँग निरन्तर दबाब दिईरहेको बताए। साथै यो कोरिडोर तीन बर्ष भित्र दार्चुला पुने बताए।

May be an image of 12 people

अनुगमनका क्रममा सुदुरपश्चिम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाले महाकाली कोरिडोर कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुल्ला जिल्लाको लागी  रुपान्तरणकारी आयोजना भएकाले यसको निर्माणले  बिकास र यस  क्षेत्रका जनताको जिवनस्थरमा सुधार ल्याउने भएकाले चाडो निर्माण हुनु पर्ने र यसका लागि आफुले र प्रदेश सरकारले सघिय सरकार सग चाडो निर्माण गर्न आग्रह गरे ।

May be an image of 15 people, temple and text

clock मङ्गलबार ०२, माघ २०८० ०७:०४

प्रतिक्रिया