संघीय निजामती सेवा ऐन जारी गर्न एकीकृत सरकारी कर्मचारी संगठनको माग

  आइतबार २९, पुष २०८० १५:०७

धनगढी। संघीय निजामती सेवा ऐन अभिलम्व जारी गर्न माग गरिएको छ। एकीकृत सरकारी कर्मचारी संगठन नेपालले यस्तो माग गरेको हो। धनगढीमा सम्पन्न भएको प्रदेश अधिवेशनले संघीय निजामती सेवा ऐन जारी लगायतका ९ बुदेँ माग अगाडि सारेको हो।

आईतबार पत्रकार सम्मेलन गरेर अधिवेशनमा भएको छलफलका बारेमा जानकारी दिएको छ। संघीय निजामती सेवा ऐन जारी गर्न नसक्दा प्रशासनिक संघीयताले पूर्णता प्राप्त गर्न नसकेकोले जनमैत्री र कर्मचारी मैत्री ऐन पारित हुन नसक्दा समस्या भईरहेको संगठनका महासचिव पुरुषोत्तम प्रसाद भट्टले बताए

जहाँ सरकार त्यहाँ ट्रेड युनियन भन्ने मान्यतामा संगठन दृढ रहेको र तिनै तहको सरकारमा ट्रेड युनियन अधिकारको सुनिश्चित गर्न माग गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती सेवा ऐन निर्माणको क्रममा ट्रेड युनियनहरुको प्रभावकारी उपस्थितिको लागि प्रदेश सरकारको तर्फवाट यथेष्ट पहल नभएकोप्रति अधिवेशनको गम्भिर ध्यानाकर्षण भएको संगठनका महासचिव भट्टले बताए । प्रदेश निजामती सेवा ऐनमा भएका त्रुटिहरु सच्याउन प्रदेश सरकार समक्ष माग गरेको छ।

सवै तहको कर्मचारीहरुको समान वृत्ति विकासको र सरुवाको ग्यारेन्टि गर्न माग गरेको छ। प्रदेश भित्रको अन्तर स्थानीय तहको सरुवा मापदण्ड वनाइ कार्यन्वयन गर्न माग गरिएको संगठनका प्रदेश अध्यक्ष जनकराज जोशीले बताए। यस्तै गरी करार ज्यालादारी कर्मचारीहरुको सेवा सुरक्षा र सामाजिक सुरक्षाकोषमा आवध्दताको माग गरिएको छ। अस्थायी र करार सेवाका कर्मचारीहरुलाई एकपटकको लागि मान्य सिद्धान्तको आधारमा स्थायी गर्न र स्थायी हुन नसक्ने राष्ट्रसेवकहरुको हकमा जीवनवृत्तिको ग्यारेन्टी सहित अवकास योजनाको व्यवस्था गर्न संठनले माग गरेको छ।

कर्मचारीहरुको कार्यथलोमा सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरिएको छ। प्रदेश सरकारको संगठन संरचना ओएनएमको सुनिश्चित गर्न जोड दिएको छ। प्रदेश निजामती सेवा नियमावली जारी ढीलो नगरि सरोकारवाला ट्रेड युनियनहरुको सक्रिय सहभागितामा स्थानीय सेवा ऐन जारि गर्न माग गरिएको छ। प्रदेश सरकारले कर्मचरी सरुवाको चक्रिय र पक्षपातरहित सरुवा प्रणालीको व्यवस्था गर्न माग गरिएको छ। यस्तै गरी सुशासन र क्षतिपूर्ति सहितको प्रदेश सरकारको सार्वजनिक सेवाको व्यवस्था गर्न जोड दिएको छ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल संघीयतामा संघ प्रदेश स्थानीय तह का सवै प्रकृतिका सेवामा रहेका कर्मचारीहरुको प्रतिनिधित्व गर्ने गरि देश भरिका कर्मचारीहरुद्वारा स्थापना गरिएको संगठन हो। सूदुरपश्चिम प्रदेश शनिबार अधिवेशन भएको हो। संगठनको केन्द्रीय उपाध्यक्ष एवं सुप प्रदेश इन्चार्च निर्प जोशीको अध्यक्षतामा धनगढी सम्पन्न भएको हो। अधिवेशनको उद्घाटन सत्रको प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदशसभाका दलका नेता दीर्घ सोडारी रहेका थिए। अधिवेशनमा संगठनका वरिष्ठ उपाध्यक्ष यामवहादुर खत्री, केन्द्रिय उपाध्यक्षहरु जयदेव जोशी, दिनेश लम्साल, शेरसिंह भण्डारी, महासचिव प्रकाश राई, सचिव हरिहर गौतम, पेशागत महासंघका प्रदेश अध्यक्ष कविन्द्र चन्द लगायतको उपस्थिति रहेको थियो। अधिवेशनले जनकराज जोशीकी अध्यक्षतामा १३ सदस्यीय प्रदेश कार्यसमिति गठन समेत गरेको हो।

clock आइतबार २९, पुष २०८० १५:०७

प्रतिक्रिया