गठबन्धनको सरकार पाँच वर्ष चल्छ : मन्त्री साउँद

  आइतबार २९, पुष २०८० ०६:५६

बैतडी । परराष्ट्र मन्त्री एनपी साउदले गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन्। शनिवार बैतडीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री साउँदले जनताबाट अनुमोदित सरकार भएकाले यो सरकार पाँच वर्षसम्म चल्ने बताए। 

निर्वाचनमा जानुपूर्व नै गठबन्धन बनाएर जनतामाझ गएर अनुमोदित भएको सरकार भएकाले गठबन्धनको सरकार पाँच वर्षसम्म ढुक्ककासाथ चल्ने बताए।

 ‘जनतामा गठबन्धन गरेर गयौं। महुमत पायौं। चुनावी प्रक्रियाबाट बहुमत पाएका हौं। माथि आएर गठबन्ध गरेका हैनौं। जनताबाट अनुमोदित भएकाले यो गठबन्धन पाँच वर्ष अन्कन्टक रुपमा चल्छ।

प्रधानमन्त्री, मन्त्रीहरू फेरबदल हुने प्रक्रिया भइरहने बताउदै मन्त्री साउँदले गठबन्धन दिगो, भरपर्दो र स्थिरता दिने गठबन्धन भएको दाबी गरे।

 ‘मन्त्री प्रधानमन्त्री फेरिन्छन, गठबन्धन टुट्दैन,' उनले भने। मुलुकको आर्थिक विकास चुनौतीपूर्ण रहेको र अर्थतन्त्रलाई दृष्टिगत गरेर सरकारले योजना ल्याउने पनि मन्त्री साउदले बताए।

clock आइतबार २९, पुष २०८० ०६:५६

प्रतिक्रिया