राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

  शुक्रबार २७, पुष २०८० ०९:४२

काठमाडौं । अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदै छ। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि पुस २३ गते आठ राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। 

आज उम्मेदवारहरूले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। भोलि ती उम्मेदवारहरूलाई शनिवार निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।

 राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। 

clock शुक्रबार २७, पुष २०८० ०९:४२

प्रतिक्रिया