एभरेष्ट एकेडेमीमा एसईई आइडलको २१औं अडिसन सम्पन्न

  बिहिबार २६, पुष २०८० २०:५६

धनगढी । सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडलको २१औं अडिसन अत्तरियामा सम्पन्न भएको छ । आज अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा प्रदेश युवा परिषद एसईई आइडलको अडिसन सम्पन्न भएको हो । 

अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निशुल्क रुपमा वितरण गरिएको थियो । २१ औं अडिसनमा गुरुजी सर्टिङ्ग सुटिङ्गका संचालक सतिस जोशी, प्रदेश युवा परिषद्का सदस्य छत्र रावल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् ।  यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।

असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १/१ जना विजेता र १/१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु। ५०/५० हजार र रु। २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । 

थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी  तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।

मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।
 

clock बिहिबार २६, पुष २०८० २०:५६

प्रतिक्रिया