गेटामा विश्वविद्यालय खोल्नु घरको ताला खोले जस्तो होइन – बलायर

  बिहिबार २६, पुष २०८० २०:५०

अत्तरिया । प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले गेटामा विश्वविद्यालय खोल्नु घरको ताला खोले जस्तो नभएको बताएका छन्। पूर्वमन्त्री समेत रहेका बलायरले बिहिवार अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन गर्दै गेटामा विश्वविद्यालय खोल्न अस्पताल चल्नु जरुरी रहेको बताएका हुन्।

बलायरले गेटामा ५ सय शय्याको अस्पताल चल्नुपर्ने र त्यसपछि पढाइ हुनुपर्ने बताएका छन्। मेडिकलको पढाइसँगै अनुसन्धान हुन जरुरी रहेको बताउँदै उनले त्यसपछि विश्वविद्यालय घोषणा गर्न सकिने आशय व्यक्त गरेका छन्। बलायरले विश्वविद्यालय ऐनका लागि सरकारलाई आफूहरूले घचघच्याइ रहेको बताउँदै हावाको भरमा आफूलाई केही व्यक्तिले आक्षेप लगाएको बताएका छन्।

गेटामा विश्वविद्यालय स्थापना गर्ने कुरामा आफूलाई हावाको भरमा आक्षेप लगाउन नपाइने उनल बताए। गेटामा ओपीडी चलेको तर, आला लाउने बाहेक अन्य उपचार केही पनि हुन नसकेको भन्दै अस्पतालमा उपकरण र जनशक्ति उपलब्ध हुनुपर्ने बताएका हुन्।

आर्थिक मन्दी रहेको बेला सुदूरपश्चिमलाई विश्वविद्यालय देखाएर अझ धोखा दिइने त होइनरु विश्वविद्यालयको सपना देखाएर धोखा दिने त होइन ? भनेर आफूले भनेको बलायरले बताएका छन्। "विश्वविद्यालय आफैमा बन्न सकिन्न, डडेल्धुराको यात्रा तय गर्न हो भने गोदावरीबाट फल्टुडे-गैरा भएर डडेल्धुरा पुगिन्छ। एकैचोटि डडेल्धुरा तय गर्ने हो भने पुगिदैन," बलायरले भने।

बलायरले पाँछ सय शय्याको अस्पताल चल्नुपर्ने र त्यसपछि बिरामी अस्पताल भर्ना गरेर उपचार थाल्नुपर्ने बताएका छन्। उनले वीर अस्पताल र शिक्षण अस्पतालमा भएका जस्ता उपकरण अस्पतालमा हुनुपर्ने बताए।

clock बिहिबार २६, पुष २०८० २०:५०

प्रतिक्रिया