नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेसन आजबाट
टिकापुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको टिकापुरमा आज सुरु हुने महाधिवेशन यही पुस २८ गतेसम्म चल्नेछ ।
महाधिवेशनमा सहभागी हुन देशभरका ७७ मध्ये ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए ।
महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । नाउपामा अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष रहने छन् ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको चौधरीले जानकारी दिए ।
प्रतिक्रिया