सुदूरपश्चिम प्रदेशका चार विषयगत समितिका सभापतिबाट शपथग्रहण

  बुधबार २५, पुष २०८० २०:१८

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चारवटै विषयगत समितिका सभापति बुधबार निर्विरोध निर्वाचित भएका छन् । चारै जनाको शपथग्रहण समेत भइसकेको छ। 

प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले निर्विरोध निर्वाचित चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। 

निर्विरोध निर्वाचित हुने विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीकी माया पन्त छन्।

निर्वाचित सभापतिहरूमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य हुन्। चारै जनाले मङ्गलबार सभापति पदमा मनोनयन गरेका थिए। 

नेकपा (माओवादी केन्द्र) ले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबिच भएको छ।

clock बुधबार २५, पुष २०८० २०:१८

प्रतिक्रिया