राष्ट्रिय सभा निर्वाचनः नेपाली काँग्रेसका भट्टविरूद उजुरी दर्ता

  मङ्गलबार २४, पुष २०८० १८:००

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका नेता नारायणदत्त भट्ट विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेकपा एमालेका नेता रामचन्द्र जोशीले उजुरी दर्ता गराएका हुन् । राष्ट्रिय सभासदस्य निर्वाचन अन्तर्गत महिलारदलितरअपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका उम्मेदवार नारायण दत्त भट्टको विरोधमा सोही समूहबाट मनोनयनपत्र दर्ता गराए‌का उम्मेदवाररउम्मेदवारको प्रतिनिधि श्री रामचन्द्र जोशीले उजूरी दर्ता गराएको जनाईएको छ ।

भट्टले अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक हिजो मनोनयन दर्ता गराएका थिए ।

 

clock मङ्गलबार २४, पुष २०८० १८:००

प्रतिक्रिया