राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा तीन पदका लागि छ जनाको उम्मेदवारी

  सोमबार २३, पुष २०८० १६:२२

धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि छ जनाले उम्मेदवारी दर्ता गरेका छन ।
आज निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनतर्फका तीन र नेकपा एमालेतर्फका तीन जना गरि छ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

सत्ता गठबन्धन दलतर्फ नेपाली काँग्रेसका उम्मेद्वार बलदेव बोहरा र नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराए ।

 कञ्चनपुरका पूर्व जिल्ला सभापति बोहराले अन्यमा र अल्पसङ्ख्यकरअपाङ्गमा कैलाली जिल्ला सभापति भट्टले मनोनयन दर्ता गराएका छन् ।

 महिलातर्फमा नेकपा माओवादीकी चन्दले यसअघि उम्मेदवारी दर्ता गराएकी थिईन ।

नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अपाङ्गतारअल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशी उम्मेद्वार दिएका छन ।

सत्ताबाहिर रहेको अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गराएनन् । पार्टीले छनौट गरेका उम्मेद्वार रोमजंग स्वारले उम्मेदवारी दर्ता तयारीका लागि बसेको तर, पार्टीको कुनै निर्णय नआउदा अन्यौल भएको बताए ।

उनले समय नाघिसकेकाले पार्टीले कुनै पदमा उम्मेदवारी नदिने बताए ।

राप्रपाले यस प्रदेशमा उम्मेदवारी दिँदा प्रस्तावक र समर्थक पाउन पनि समस्या हुने भएकाले पनि यस प्रदेशमा उम्मेद्वार खडा नगरेको बताईन्छ ।

 एमालेका महिलाबाट इन्दु कडरिया, अपाङ्गता तथा अल्पसङ्ख्यक महेशकुमार महरा र अन्य कोटाबाट निर्वाचित नेकपा माओबादी केन्द्रका हरिराम चौधरीको पदावधि आगामी फागुनमा सकिँदैछ ।

clock सोमबार २३, पुष २०८० १६:२२

प्रतिक्रिया