नेकपा एसबाट घनश्याम र सावित्री राष्ट्रियसभा उम्मेदवार

  सोमबार २३, पुष २०८० १०:२०

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ ।

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बागमतीमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी नारायण नगरपालिका दैलेखककी पूर्व उपमेयर हुन् ।

नेकपा एसले उम्मेदवारको नाम टुंगो लगाउन अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको थियो ।

clock सोमबार २३, पुष २०८० १०:२०

प्रतिक्रिया