एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहालाई

  आइतबार २२, पुष २०८० १३:०९

धनगढी । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले एसपीए कलेजले आयोजना गरेको एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहा गुप्ताले जितेकी छन्।

तीन महिना आफूले पढेका पुस्तकहरु अध्ययन गर्दै ती पुस्तकहरुको समिक्षा प्रस्तुत गर्दा स्नेहाले प्रथम स्थान हासिल गरेकी हुन्। उनले नगद ५ हजारसहित प्रमाण पत्र पाइन्। यस्तै अपेक्षा उपाध्याय र सुशिल विष्ट क्रमशः द्वितीय र तृतीय भएका छन्। 

उपाध्यायले ३ हजार र विष्टले दुई हजार नगदसहित प्रमाणपत्र पाएका हुन्। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उप प्राध्यापक सिताराम भट्ट, प्रजापति नेगी, तुलसी शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए। 

पाठकले आफूसँग भएका तथा खरिद गरिएका जुनसुँकै पुस्तक पनि पढ्दै तीनको समिक्षा लेख्दै प्रस्तुत गर्नुपर्ने कार्यक्रमको अवधारणा थियो। क्याम्पस प्रमुख योगराज उपाध्यायले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै खालका कार्यक्रमलाई निरन्तरता दिइने बताए।

clock आइतबार २२, पुष २०८० १३:०९

प्रतिक्रिया