सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रणका विषयमा कसैसँग सम्झौता हुँदैन : मुख्यमन्त्री शाह

  आइतबार २२, पुष २०८० ०८:४७

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण लागि परेको बताएका छन् । शनिवार नेपाल प्रेस युनियनले डोटीको दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सुशासन र भ्रष्ट्राचार विषयमा सम्झौता नहुने बताएका हुन् ।

 ‘सुशासन र भ्रष्ट्राचार विषयमा कसैसँग सम्झौता हुँदैन, मुख्यमन्त्री शाहले भने, चाहे तल्लो तहको कोही मान्छे होस् चाहे शक्तिशाली माथिल्लो तहको पहुँच भएको मान्छे होस् त्यसमा तपाई क्लियर हुन जरुरी छ ।’ तर कोठा भित्र के हुन्छ भन्ने विषयमा सबै चनाखो हुन आवश्यक रहेको उनले बताए ।

मुख्यमन्त्री शाहले प्रदेश संरचना कुनै व्यक्तिले चाहेर नबनेको बताए । प्रदेश संरचना खर्चिलो भयो भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री शाहले भने, ‘हिजो पनि कुनै न कुनै रूपमा यस्ता किसिमका सरकार निर्माण गर्ने, अधिकार दिने, कार्यान्वयन गर्ने कुराहरू भएका थिए, त्यतापट्टि फर्किएर हेर्नुभयो भने यो कुरा सामान्य देख्नु हुन्छ ।’ 

उनले प्रदेश संरचना जनताको लागि र जनताले चाहेर निर्माण भएको बताएका छन् । प्रदेशलाई समृद्धि, उन्मुख बनाउने सन्दर्भमा आफू लागि रहेको मुख्य मन्त्री शाहले बताए  । प्रदेशका गौरवका योजना पश्चिम सेती, SR-6 जस्ता परियोजना भारतीय कम्पनी एन.एच. पिसिले आफै बनाउन लागेको बताउँदै  अब यी परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे   ।

स्थानीय र प्रदेश सरकारमा समन्वय, सहकार्य र समाधानका उपाय र नीति, ऐन, नियम, कानुन निर्माणका सन्दर्भमा देखिएका जटिलताहरू त्यसै गरी बनेका कुराले ल्याएका समस्या र चुनौतीहरू, बन्न नसकेका विषयवस्तुहरू आदिका बारेमा गरिएको अन्तरक्रिया कार्यक्रमका रूपमा मुख्यमन्त्री शाह र उहाँको टिम डोटी पुगेको हो ।

clock आइतबार २२, पुष २०८० ०८:४७

प्रतिक्रिया