नेपाली सेनाले अत्तरिया बसपार्कको क्षेत्र छोड्नुपर्छ : नगरप्रमुख भट्ट

  आइतबार २२, पुष २०८० ०७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नेपाली सेनाले अत्तरियाको बसपार्क क्षेत्र  छोड्नेपर्ने बताएका छन् । शनिबार गोदावरी नगरपालिका–८ स्याउलेमा रहेको जयलक्ष्मी ग्रामीण विद्युत सहकारीको १९औं वार्षिक साधारणसभामा बोल्दै नगरप्रमुख भट्टले यस्तो बताएका हुन्।

उनले अत्तरियामा राम्रो बसपार्क निर्माण गर्नसके वार्षिक १५ देखि २० करोड आम्दानी हुने जिकिर गरे । तर, हाल उक्त क्षेत्र नेपाली सेनाले दाबी गरेको उल्लेख गर्दै उनले भने, ‘यो जग्गा आर्मीले मेरो हो भन्छ । लामिताल आर्मीले मेरो हो भन्छ । दक्षिण तर्फ सशस्त्रले मेरो जग्गा भन्छ । हामीले केही गर्न चाहेर पनि काम गर्न नसकिरहेको अवस्था छ।’

नगर प्रमुख भट्टले नेपाली सेना अत्तरियाको विकासको बाधक होइन भने बसपार्क छोड्नुपर्ने र आफुले बसपार्क निर्माण गर्न पाउनुपर्ने बताएका छन्।

clock आइतबार २२, पुष २०८० ०७:४९

प्रतिक्रिया