रेडिकलको आठौँ बार्षिकोत्सव सम्पन्न

  शनिबार २१, पुष २०८० १९:३७

धनगढी । धनगढीको एल.एन. चोकमा रहेको रेडिकल एकेडेमीको आठौँ  बार्षिकोत्सव सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा. टि.एन. जोशीको प्रमुख आतिथ्य र प्रकाश ब।

छेडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रशिक्षार्थी विद्यार्थीहरुले विभिन्न सांगितिक प्रस्तुती पस्केका थिए भने पढाइ तथा विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाण पत्र तथा पुरुस्कार वितरण गरिएको थियो । 

रेडिकल एकेडेमीमा होटल म्यानेजमेन्ट र फेसन डिजाईन प्रशिक्षण कक्षाहरु संचालन गरिरहेको छ ।

clock शनिबार २१, पुष २०८० १९:३७

प्रतिक्रिया