एमाले दार्चुलाको पुरै कमिटी सर्वसम्मत, अध्यक्षमा घर्ती

  शनिबार २१, पुष २०८० ०८:५३

दार्चुला । नेकपा एमाले दार्चुला जिल्लाको अध्यक्षमा ज्ञानेन्द्र बहादुर घर्ती निर्वाचित भएका छन् । 

शुक्रवार सम्पन्न ९ औँ जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । पुरै कमिटी सर्वसम्मत निर्वाचित भए । 

उपाध्यक्षमा प्रमानन्द जोशी, सचिवमा उमेश जोशी, उपसचिव  कर्ण बहादुर खडायत र उपसचिव (महिला) मा कमला पन्त विष्ट निर्वाचित भएका छन् ।

बुधबार  एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गरेका थिए ।

 

clock शनिबार २१, पुष २०८० ०८:५३

प्रतिक्रिया