एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

  शुक्रबार २०, पुष २०८० ०६:३५

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । 

राष्ट्रियसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो । 

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ । 

नेकपा एमालेले राष्ट्रियसभामा भागबन्डा खोजेको भोलिपल्ट नेकपा एसले सचिवालय बैठक बोलाएको हो । 

आज बस्ने बैठकमा सत्तारुढ गठबन्धनबाट पार्टीले पाउने सीट तथा एमालेले माग गरेको भागबन्डाको विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले हिजोको गठबन्धन बैठकमा असन्तुष्टि जनाएका थिए ।

clock शुक्रबार २०, पुष २०८० ०६:३५

प्रतिक्रिया