शीर्ष नेताहरूलाई पूर्वराजा ज्ञानेन्द्रको चेतावनी-अनुहार फेरिफेरि षड्यन्त्र नगर

  बिहिबार १९, पुष २०८० १९:४७

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहले अनुहार फेरिफेरि षड्यन्त्र नगर्न शीर्ष नेताहरूलाई चेतावनी दिएका छन्।

बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले नेताहरूप्रति इंगित गर्दै अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिएका हुन्।

उनले अब अन्याय, अत्याचार अन्त्य गर्नुपर्ने र षड्यन्त्र गर्नेहरूको चालबाट आफूलाई बचाउनुपर्ने बेला भएको बताए।

उनले देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरूरी रहेको बताए।

उनले वीरता, पराक्रम, पुरूषार्थ र उच्च मूल्यमान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभूति भएको बताए।

clock बिहिबार १९, पुष २०८० १९:४७

प्रतिक्रिया