क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

  मङ्गलबार १७, पुष २०८० ०६:४८

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

सो पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताए। ‘अहिले सुधार भइरहेको छ। तीन दिनअघि नै भर्ना हुनुभएको हो। अझै एक दुई दिन अस्पतालमै रहनु हुन्छ’, उनले भने।

वैद्य नेतृत्वको पार्टीले पछिल्लो समय देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै संघर्षका कार्यक्रम गर्दै आएको छ।

clock मङ्गलबार १७, पुष २०८० ०६:४८

प्रतिक्रिया