प्रकाश सपूतको नयाँ गीतको सन्देश– मायामा पीडा भोगेकी महिलालाई पनि विभेद

  मङ्गलबार १७, पुष २०८० ०६:२१

काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत सार्वजनिक भएको छ । ‘मुटु कटक्कै’ बोल उनले सोमबार सार्वजनिक गरेका हुन् । 

गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ । स्वरमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । 

गीतले माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति पनि कोही नहुने उल्लेख गरेको छ । 

तर मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई भने एक छिन भए पनि मन भुलाउने ठाउँ नहुने कथा गीत र भिडियोले भन्छ । 

समाजले महिलालाई पीडा भुलाउने सन्दर्भमा समेत विभेद गर्ने गरेको गीत र भिडियोमा देखाइएको छ । 

मनमा रहेको पीडा कम गर्न पनि महिलाले नाटक गर्नुपर्ने अवस्था रहेको देखाउन खोजिएको छ । 

गीतको भिडियो निर्देशन पनि प्रकाश स्वयंको छ । प्रकाश सपूतसँगै कुशुम शर्मालागतका कलाकार छन् । 

clock मङ्गलबार १७, पुष २०८० ०६:२१

प्रतिक्रिया