टेरामक्स उपकरण खरिद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री बस्नेत

  सोमबार १६, पुष २०८० २०:१६

धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स उपकरण खरिद प्रक्रियामा आफू सामेल नभएको बताएका छन् ।

प्रेस युनियनले सोमबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफू सञ्चारमन्त्री भएका वेला एनसेलको कर छली रोक्न टेरामक्स खरिद गर्ने नीतिगत निर्णय गरेको, तर खरिद प्रक्रियामा आफू सामेल नभएको बताएका हुन् ।

उनले भने, ‘कल बाइपासबाट हुने कर छली उपकरण खरिद गरेर रोक्न सकिने राय पाएपछि उपकरण खरिद गर्ने निर्णय गरिएको हो। उनले थप भने, ‘खरिद प्रक्रियामा कमी–कमजोरी भएको हुन सक्छ, त्यो मभन्दा पछि हो। ठेक्का प्रक्रियामा गलत गरेको छ भने ज–जसले गरेको छ कारबाही होला।’

टेरामक्सको टेन्डर प्रक्रिया ठीक छ भनेर सर्वोच्च अदालतले समेत आदेश जारी गरिसकेको बस्नेतले बताए। उनले भने, ‘अदालतले ठेक्का प्रक्रिया ठीक छ भनेर आदेश जारी गरेको थियो, कि अदालतको आदेश गलत थियो भन्नुप¥यो,’ मन्त्री बस्नेतले भने, ‘मेरो कार्यकालमा ठेक्का लागेबापत रकम भुक्तानी पनि भएको छैन।’

एनसेलजस्ता कम्पनीले गरिरहेको कर छली रोक्न टेरामक्स ल्याउनुपर्छ भन्ने पक्षमा आफू सधैँ रहेको उनले बताए।

clock सोमबार १६, पुष २०८० २०:१६

प्रतिक्रिया