गेटामा तत्काल विश्वविद्यालय बन्ने सम्भावना छैन – स्वास्थ्य मन्त्री बस्नेत

  सोमबार १६, पुष २०८० १८:३७

धनगढी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल विश्व विद्यालय बनाउने भन्दा पनि सय शय्याको अस्पताललाई जोड दिनु पर्ने बताउनु भएको छ ।

धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उहाँले अहिले विश्व विद्यालय वा प्रतिष्ठानको लागि हतार गर्नु भन्दा पहिलो चरणमा सय शय्याको अस्पताललाई बलियो बनाउनु पर्ने बताउनुभयो । उहाँले एक सय अस्पताल राम्रोसगं सन्चालनमा आएपछि तीन सय शय्याको अस्पताल सुरु गर्ने त्यसपछि मात्रै विश्व विद्यालय वा प्रतिष्ठान तर्फ जानु पर्नेमा जोड दिनुभयो ।

उहाँले एक सय बेडको अस्पताल चलाउन १४१ दरबन्दी पठाइसकेको बताउदै उहाँले विश्वविद्यालय बनाउन हतार गर्नु भन्दा अस्पताल बलियो बनाउनुपर्ने बताउनु भयो । उहाले स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या विश्वविद्यालय होस् सबै भन्दा पहिले अस्पताल चल्नु पर्ने बताउनुभयो । उहाँले अस्पताल मजबुत भएपछि पर्याप्त चिकित्सक हुने बताउनुभयो । 

उहाँले विश्वविद्यालय तत्काल नै बन्न सम्भव नभएको समेत जिकिर गनुभयो । ‘एकै वर्षमा बन्ने प्रोजेक्ट होइन । एक सय बेड चलाउन समस्या छैन अब तीन सय बेड चलाउन सक्ने अवस्थामा आए मात्र विश्व विद्यालय वा स्वास्थ्य  विज्ञान प्रतिष्ठानको कुरा आउँछ ’ उहाँले भन्नुभयो ।

सुदूरपश्चिमका केही जिल्ला भारतीय सिमा नाकासँग जोडिएकाले संक्रमण भित्रिन सक्ने भन्दै संवेदनशील हुनुपर्ने बताउनुभयो । अहिले साना ठुला सबै अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन आवश्यक रहेको मन्त्री बस्नेतले बताउनुभयो । उहाँले अहिले दरबन्दी सृजना गरे अनुसार सुविधा विस्तार गर्न सके स्वास्थ्यमा मुलुकले फड्को मार्ने दाबी गनुभयो ।

आफू आधारभूत स्वास्थ्य शिक्षा निःशुल्क अभियानमा हिँडेको बताउदै उहाँले  ्कोही पनि पैसा नभएर, उपचार नपाएर मृत्यु वरण गर्नु पर्ने बाध्यताको अन्त्य गर्नु पर्ने बताउनुभयो । उहाँले संघीय स्वास्थ्य मन्त्रालयले आफूले जिम्मेवारी पाएपछि स्वास्थ्यमा निकै ठुलो सुधार भएको समेत दाबी गर्नुभयो । आफूले नै चिकित्सा शिक्षा ऐनलाई संशोधन गर्न पहल गरेको मन्त्री बस्नेतको दाबी थियो ।
 

clock सोमबार १६, पुष २०८० १८:३७

प्रतिक्रिया