रेशमलाई आममाफी दिने निर्णयविरुद्धको रिट सुनुवाइ स्थगित

  सोमबार १६, पुष २०८० १७:३०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ।

सो रिटको सुनुवाइ प्रत्यर्थीका कानुन व्यवसायीबाट स्थगित सूचीमा राखिएको हो। सोमबार सो रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजालासमा सुनुवाइ तोकिएको थियो।

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिने निर्णय गरेका थिए। सो निर्णय बदर गरिपाउँ भनी निवेदक शारदा कठायतले  सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन्।

clock सोमबार १६, पुष २०८० १७:३०

प्रतिक्रिया