बालकुमारी घटना : सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन

  सोमबार १६, पुष २०८० ०९:३५

काठमाडौँ । सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो ।

बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ । 

आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । आयोगले आजैदेखि काम थाल्नेछ । 

उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयले यसअघि पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।

clock सोमबार १६, पुष २०८० ०९:३५

प्रतिक्रिया