माओवादी केन्द्रको ‘रूपान्तरण अभियान’ आज समापन हुँदै

  सोमबार १६, पुष २०८० ०९:१९

काठमाडौंं । नेकपा (माओवादी केन्द्र) को ‘रूपान्तरण अभियान’ आज समापन हुँदै छ । पालिकास्तरमा आज बृहत् जनपरिचालन गरेर पार्टीको विशेष रूपान्तरण अभियान समापन गरिँदै छ ।   

गत बिहीबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले पुस १६ (आज) अभियान समापन गर्ने निर्णय गरेको थियो । माओवादीले अभियानले जनतासँग जोड्न प्रभावकारी भूमिका खेलेको निष्कर्ष निकालेको छ । 

अभियानले पार्टी संगठन  जीवन्त, चलायमान र सक्रिय भएको माओवादीको निचोड छ । माओवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार भदौ १६ गतेबाट तीनमहिने विशेष रूपान्तरण अभियान सुरु गरेको थियो । 

clock सोमबार १६, पुष २०८० ०९:१९

प्रतिक्रिया