बालकुमारी घटनामा मारिएका अछामका शाहको परिवारलाई प्रदेश सरकारले दुई लाख सहयोग गर्ने

  सोमबार १६, पुष २०८० ०६:१५

धनगढी । शुक्रवार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

प्रदेश सरकारले २३ वर्षीय शाहको परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको हो। शुक्रवार रोजगारी अनुमति प्रणाली अन्तर्गत सिपविल्डिङमा फेल भएकालाई अन्य क्षेत्रमा जान दिनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर शाहको मृत्यु भएको थियो। 

शाहको निधनप्रति दुःख व्यक्त गर्दै परिवारलाई राहत स्वरुप दुई लाख दिने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

clock सोमबार १६, पुष २०८० ०६:१५

प्रतिक्रिया